NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

भीम अस्पतालले भन्यो, ‘अक्सिजन पुर्‍याउन सक्दैनौं, आफैं व्यवस्था गर्नु’

काठमाडौं । भैरहवाको भीम अस्पतालले अब आउने कोरोना संक्रमितका लागि अक्सिजन पुर्‍याउन नसकिने बताएको छ । साथै अब अस्पतालले अक्सिजनको जोहो गर्न नसक्ने भएकाले बिरामीका आफन्तलाई आफैं व्यवस्थापन गर्न अनुरोध गरेको छ । अस्पताल प्रशासनले शुक्रबार दिउँसो सूचना निकालेर संक्रमितको अत्यधिक चाप भएकाले भर्ना भएका बिरामीलाई अक्सिजन पुर्‍याउन नसकिने अवस्था आएको बताएको छ । अस्पतालमा ६३ एचडीयू र ५ आईसीयूसहित ६८ बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार दैनिक ४०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि २०० सिलिण्डर मात्र आपूर्ति भइरहेको छ । आधा घण्टा मात्रै पनि तलमाथि हसँदा धेरै बिरामीको ज्यान जान सक्ने खतरा रहेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए । थेग्न नसक्ने बिरामीका आफन्तलाई आफैं अक्सिजनको जोहो गर्न अनुरोध गरिएको उनको भनाइ छ ।