NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उपत्यकाकाे निषेधाज्ञा १५ दिन लम्बियाे, खाद्य पसल खुल्ने समय बढ्याे

उपत्यकामा थप १५ दिन निषेधाज्ञा कायम गरिएकाे छ। उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद विक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ। यसअघि बिहान ९ बजेसम्म मात्र खुला गरिएको थियो । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स, खाद्य सामग्री मात्र बिक्री गर्न खुला हुने छ। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै २९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको थियो। पुनः दुई साता थप गरिएको हो । सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन। सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेकका अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ । अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्याँस, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन, स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ। माथि उल्लेखितबाहेकका अन्य अत्यावश्यक काम ९अस्पताल आउने जाने बिरामी, कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा उपस्थिति हुनु पर्नेको हक० मा सवारी साधन प्रयोग गर्नुपर्ने भएमा विवरण खुल्ने कागजातसहित सम्बन्धित वडाको सिफारिससहित प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्ने छ । फुटपाथ, साइकलसहितका सबै व्यवसायमा रोक लगाइएको छ । विवाह, व्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जना भन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइने छ । (((