NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस सांसद नेपालीको दावी

काठमाडौं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया चलिरहेको छ । यस्तै प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस सांसद कृष्णचन्द्र नेपालीले दावी गरेका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेख्दै उनले उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ । यस्तै विपक्षी गठबन्धनले वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाइसकेको छ । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी ९जसपा०ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नै नगरि राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् । ६० सदस्यीय प्रदेश सभामा सभामा नेकपा (एमाले)का पक्षमा अहिलेसम्म स्वतन्त्र १ गरी २८ सांसद छन् । विपक्षी गठबन्धनतिर नेपाली कांग्रेसका १५, माओवादी केन्द्रमा ११, जनर्मोचाका तीन र जसपाका २ गरि ३१ सांसद छन् ।