NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चिकित्सक संघद्वारा देशभर रेड अलर्ट घोषणा, ‘हाम्रो स्वास्थ्य संरचनाले अब थेग्न सक्दैन’

काठमाडौं । नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले नेपालको स्वास्थ्य क्षेत्र गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो । साथै संघले कोरोना महामारीको समयमा सबै एक भएर जुट भई समस्याको सामना गर्न समेत अपील गरेको छ। दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले समयमै आवश्यक तयारी नगर्दा अहिले भयावह परिस्थिति सिजना भएको संघले निष्कर्ष निकालेको छ । संघले विज्ञप्तिमा अस्पतालमा आउने छटपटिएका बिरामीहरुको अनुनयले आफूहरुको भोक निद्रा नै हराएको बताएको छ । साथै, यस्तो अवस्थामा पनि जनताको स्वास्थ्यप्रति गम्भीर नभएको भन्दै राजनैतिक नेतृत्वलाई प्रश्न पनि गरेको छ । राजनीतिक नेतृत्वलाई संघले केही समयका लागि आफ्नो सत्ताको खेल छाडेर जनताको जीवन जोगाउन र महामारी नियन्त्रणमा केन्द्रित हुन आग्रह गरेको छ । ‘समयमा नसुन्दा, तयारी नगर्दा आजको अवस्था व्यहोर्नुपरेको छ । हामी फेरि पनि बिन्ती गर्दछौं । अब केही महिनाका लागि तपाईहरु राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित परदिनुहोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘एउटै प्राथमिकता बनाउनुहोस् । जनताको जीवन जोगाउने, एकजुट भएर भाइरसँग लड्ने र महामारीलाई परास्त गर्नुहोस् ।’