NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भेरी अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन जडान गरिने

काठमाडौं । बाँकेको भेरी अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको छ । त्यसका लागि सोमबार लिक्विड अक्सिजन ट्यांक अस्पताल परिसरमा ल्याएको छ । सो ट्यांक भारतको जमसेदपुरबाट मगाएको हो । कोरोना कहरकाबीच कोहलपुर मेडिकल कलेजमा दुई ट्यांकरलिक्विड अक्सिजन आइसकेको छ । अस्पतालकाअनुसार ‘स्टोरेज ट्याङक’मा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा गर्न सकिन्छ । त्यसलाई ग्यास बनाएर सेन्ट्रल पाइपलाइनमार्फत बेड–बेडमा सप्लाई गरिन्छ । ट्यांक जडानका लागि फाउन्डेसन तयार थियो । सरकारले भेरीलाई अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक र पाइपलाइन विस्तारका लागि १५ करोड रुपैयाँ विनियोजन गरेपछि अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको हो । भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले अक्सिजन प्लान्ट तयार भएर पाइपलाइनबाट बेडबेडसम्म अक्सिजन दिन सकिने भएसँगै अस्पतालमा अक्सिजनको अभाव नरहने बताए ।