NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सामुन्द्रिक आँधी कमजाेर, तर नेपालमा आज पनि हिमपात र वर्षा

अरबसागरमा विकसित ताउे-ते नामक चक्रवात (सामुन्द्रिक आँधी) कमजाेर बनेकाे छ। भारतका विभिन्न राज्यमा ठूलाे हावाहुरीसहितकाे वर्षाका कारण कयाैंकाे ज्यान लिएकाे चक्रवात कमजाेर बनेर न्यूनचापीय क्षेत्रमा परीणत भएकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। याे चक्रवात हाल भारतकाे उत्तरप्रदेश आसपासमा छ। चक्रवातका कारण पछिल्ला केही दिन नेपालमा भारी वर्षा हुनुका साथै हिमपात भएकाे छ। माैसममा केही सुधा भए पनि शुक्रबार केही क्षेत्रमा वर्षा हुने भएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे सुदूरपश्चिम, कर्णाली, बागमती र प्रदेश १ का केही स्थान र लुम्बिनी, गण्डकी र प्रदेश २ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम, बागमती, प्रदेश २ र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।