जसपाले डाक्याे संसदीय दलको बैठक, वैकल्पिक सरकार एजेन्डा
वैकल्पिक सरकारका लागि निर्णायक रहेकाे जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक डाकेकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेसँगै जसपाकाे संसदीय दलकाे बैठक बस्न लागेकाे हाे। अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महताे पक्षले बैठक डाके पनि संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष बैठकमा जाने सम्भावना न्यून छ। उक्त समूहका नेताहरुले बैठकका लागि जानकारी नआएकाे दाबी गरेका छन्। तर नेता लक्ष्मणलाल कर्णले वर्तमान परिस्थितिबारे निर्णय लिन बैठक बाेलाइएकाे बताएका छन्।
प्रतिक्रिया