NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिउँ : डा.भट्टराई

काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लौरौ उभ्याएर भए पनि वैकल्पिक सरकार दिनुपर्ने बताएका छन् । आज बेलुका ५ बजेसम्म बहुमत पुग्ने ग्यारेन्टी गर्नुपर्ने समय राष्ट्रपतिले दिएपछि भट्टराईले सामाजिक संजालमा लेख्दै यस्तो आग्रह गरेका हुन् । अन्यथा इतिहासले धिक्कार्ने उनकाे भनाइ छ । ‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ !’ उनले भनेका छन् । संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!— Baburam Bhattarai (@brb1954) May 21, 2021