NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कांग्रेसले भन्यो : सरकार गठनका लागि सबै विकल्प खुल्ला

काठमाडौं । राष्ट्रपतिले जम्मा २१ घण्टाको समय दिएर सरकार गठनका लागि गर्न समय दिएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै संविधान र लोकतन्त्रका रक्षाको लागि सबै विकल्प खुल्ला राखेर दलहरुसँग संवाद गर्ने निर्णय गरेका जानकारी सहमहामन्त्री डा. प्रकाशशरण महतले दिए । ‘‘संविधानको मर्म र भावनालाई कुल्चने काम प्रधानमन्त्रीले गर्दै आउनुभएको छ । अहिले फेरि राष्ट्रपतिले त्यो प्रवृत्तिलाई सघाएको हाम्रो निश्कर्ष हो’ महतले भने, ‘यस्तो अवस्थामा संविधान र लोकतन्त्र रक्षाका लागि हामी सबै विकल्पबारे दलहरूसँग आज नै छलफल गरी निश्कर्षमा पुग्छौं।’