NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

साढे १२ बजे आकष्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज साढे १२ बजे आकष्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्रपतिले विश्वासको मत पुर्याउन सक्ने गरी दाबी गर्न संसदका सदस्यलाई आज बेलुका ५ बजेसम्मको समय दिएको ६ घण्टा पनि बाँकी नहुँदा प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्न लागेका हुन् । बालुवाटार स्रोतले पनि प्रधानमन्त्रीले पत्रकार सम्मेलनको तयारी गरेको जानकारी दियो । आज साँझ ५ बजेसम्म दलहरुले बहुमत पुग्ने गरी कुनै सदस्यलाई अघि नसारे संसद विघटन भएर देश अब निर्वाचनतिर जाने छ । यस्तोमा बहुमत पुर्याउन दलहरु अन्तिम छलफलमा जुटेका छन् । सत्ता समीकरणमा जसपा यतिखेर निर्णायक देखिएको छ । जसपालाई मनाउन प्रधानन्त्री ओलीले अध्यादेश ल्याउनेदेखि संविधान संसोधनमा पनि तयार रहेको भन्दै सहमति नजिक पुगेको दाबी गरिएको छ । सम्भवतः प्रधानमन्त्रीले जसपालाई विश्वासका लिने गरी पत्रकार सम्मेलनमा केही घोषणा गर्न पनि सक्नेछन् । यद्यपी केको लागि पत्रकार सम्मेलन आयोजना गरिएको हो अहिलेसम्म खुलाइएको छैन ।