NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सरकार निर्माणमा सहभागी नहुने महन्थ ठाकुर पक्षको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह राष्ट्रपतिबाट ७६(५) अनुसार आह्वान भएको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने भएको छ । पछिल्लो विकसित राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बिहीबार बिहान सिंहदरबारमा बसेको ठाकुरपक्षीय सांसदहरूको बैठकले नयाँ सरकार गठनमा तटस्थ बस्ने निर्णय लिएको हो । ‘हामी सुरुदेखि नै तटस्थ रहँदै आएका छौं । अहिले पनि हाम्रो सोच त्यही छ,’ ठाकुरले भने । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति प्रधानमन्त्रीको आग्रहमा संविधानको धारा ७६ को उपधारा ४ नै फड्किएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । जसको समयसीमा अहिले साँझ ५ बजे सकिँदैछ । जसपाको ठाकुर पक्षले पुनः तटस्थ बस्ने निर्णय गरेसँगै ७६(५) अनुरूपको सरकार निर्माणको अवस्था करिब–करिब समाप्त भएको छ । ७६)५) अनुरूप सरकार नबनेमा संविधानतः अर्ली निर्वाचनमा जानेछ । संविधानको धारा ७६(७) मा उपधारा ५ बमोेजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन मिति तोक्नसक्ने प्रावधान छ । तर राष्ट्रपतिले संविधानको धारा ७६(४) फड्किएकाले यो प्रकरण कानूनी झमेलामा फस्न सक्ने अनुमान गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष