NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

ओलीविरुद्ध बहुमत पुर्‍याउन एमालेका २१ सांसदले राजीनामा दिने माधव नेपालको वचन !

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको सर्वदलीय बैठक सकिएको छ । बैठकले कुनै प्रष्ट सहमति नगरे पनि धेरै विकल्पमा छलफल भएको छ । छलफलमा कांग्रेस, माओवादी, जसपा र एमालेका माधवकुमार नेपालसहितका नेताहरु सहभागी थिए । माओवादी अध्यक्ष प्रचण्डले केहीबेरमा आफूहरु टुंगोमा पुग्ने बताएका छन् । अहिले नै कुनै टुंगोमा नपुगे पनि केहीबेरमा धेरै विकल्पमध्येबाट एउटामा आफूहरु सहमत हुने उनको भनाइ छ । दिउसो तीन बजे फेरि सर्वदलीय बैठक डाकिएको छ । बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने, एमालेबाट माधव नेपाल पक्षका सांसदले राजीनामा दिने विषयमा पनि छलफल भएको बुझिएको छ । एमालेका २१ प्रत्यक्ष सांसदले राजीनामा दिए जसपाको महन्थ ठाकुर पक्षले सहयोग नगरी उपेन्द्र यादव र बाबुराम पक्षका सांसदले मात्रै समर्थन गर्दा पनि नयाँ सरकार गठनमा बहुमत पुग्ने छ । तर, पहिले जसपालाई मनाउन खोज्ने हुँदै नभए आफ्नो तर्फका सांसदलाई राजीनामा गराएर भए पनि संसद जोगाउने आश्वासन नेपालले दिएका हुन् । तर, नेताहरुले यो विषयलाई बाहिर ल्याएका छैनन् । साथै माधव नेपाल पक्षका २८ सांसदले सहमति दिएर माधव नेपालकै नेतृत्वमा सरकार गठन गर्ने विकल्पमा पनि छलफल भएको बुझिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष