NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

अरूले समर्थन गरे फेरि प्रधानमन्त्रीमा दाबी गर्छु : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि आफू सरकारमा दावी गर्ने प्रयासमा रहेको बताएका छन् । आफ्नो पार्टीको मतभारले मात्रै नपुग्ने भएको भन्दै ओलीले अरुको समर्थन भएमा फेरि पनि प्रधानमन्त्रीमा दावी गर्ने बताएका हुन् । ‘म दावी गर्ने प्रयासमा छु । मलाई अरुले समर्थन गरुन् । मेरो १२१ ले त बहुमत पुग्दैन । बहुमत नपुगी त दावी हुँदैन । अहिलेसम्म चाहेर नचाहेर अनुस्पित भएर बाहिर जे भए पनि मसँग १२१ को मतभार छ’, प्रधानमन्त्री ओलीले भने । उनले आफूसँग धेरै मतभार भएकाले पनि प्रधानमन्त्रीमा दावी गर्न सहज भएको बताए । ‘मसँग अलिक बढी भएकाले सजिलो होला कि भनेर कोशिस गर्नेछु । त्यो राष्ट्रपतिलाई भरपर्दो आधार लाग्यो भने मलाई उहाँले नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु र विश्वासको मत फेरि लिनेछु’, ओलीले भने । तर, उनले विश्वासको मत नदिएमा भने संसद् विघटनतिर जाने संकेत गरे । फेरि प्रधानमन्त्री भएपछि विश्वासको मत लिने र त्यसमा प्राप्त नभएर संसद् विघटन गरी मध्यावधि निर्वाचनतिर जानेसक्ने उनेले बताए । ‘एक महिनाभित्र विश्वासको मत दिइएन भने संसद् विघटन भयो भन्न पाइने छैन । आज समर्थन दिनुस् मलाई । दिनुहुन्न भने केपी ओलीले प्रतिनिधिसभा विघटन गर्यो र चुनावमा लग्यो भन्न पाइन्न’, ओलीले अघि भने ।

ताजा अपडेट

नेपालवाच विशेष