NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

ओलीले भने, ‘निद्रामा पनि संसद् विघटन गलत लागेको छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस पाँच गते गरिएको संसद् विघटनप्रति आफूलाई कुनै पछुतो नलागेको बताएका छन् । शुक्रबार बालुवाटारमा गरिएको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले कुनै पनि कोणबाट आफूलाई संसद् विघटन गरिएकोमा कुनै पनि कारणले गलत निर्णय थियो भन्ने नलागेको दावी गरेका हुन् । पत्रकारको प्रश्नको जवाफ दिँद ओलीले भने, ‘अरु कारण, परिस्थितिले प्रभावित गर्न सक्छ । तत्कालको बेञ्चको बुझाई, बेञ्चले बुझेको संविधानका व्याख्या अनुसार फैसला हुने हो ।’ साथै उनले सर्वोच्चको फैसला फैसला परमसत्य हुन्छ भन्न नसकिने बताए । पुनरावलोकनमा जाने ठाउँ हुने भए पनि आफूहरुले झगडियाको बाटोमा नगएको ओलीले बताए । ‘मलाई आफूले गरेको काम एक्लै बस्दा मात्र होइन, निद्रामा पनि गलत लागेको छैन’ प्रधानमन्त्री ओलीले अघि, ‘अदालतले ठीक छैन भन्यो । संविधानको जिवित व्याख्या गर्ने हो र अहिलेसम्मको गति हेर्ने हो भने डुंगा त गन्तव्यतिर गए जस्तो लाग्दैन ।’ ओलीले अझै पनि समय रहेकाले सबै मिलेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताए । उनले भने, ‘यो विषम परिस्थितमा झगडा र विरोधले होइन, सबैको साझा जिम्मेवारी आवश्यक छ । त्यसैले फेरि पनि भन्छु । सबै आउनुहोस्, मिलेर सरकार बनाउँ । राष्ट्रिय सहमतिको सरकार बनाएर महामारीको यो स्थितिसँग लडौं ।’

ताजा अपडेट

नेपालवाच विशेष