NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

देउवा गठबन्धनलाई जसपाको १२ भोट, केपीलाई २०

काठमाडौँ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउने हस्ताक्षर अभियानमा देउवा गठनबन्धनले जसपाबाट १२ सांसदको मात्र समर्थन पाएका छन् । संसदमा ३२ सांसद रहेको जसपाका बाँकी २० सांसदले केपी शर्मा ओलीको पक्षमा हस्ताक्षर गरेका छन् । यसअघि केपी शर्मा ओलीले संसदमा विस्वासको मत लिदा जसपाका १५ सांसदले तठस्थमा मतदान गरेका थिए । केही सातामा ठाकुरको पक्षमा २० जना सांसद देखिएका हुन् । जसपाको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धनलाई साथ दिएका सांसद प्रदीप यादवले आफुहरु १२ जनाले मात्र देउवाको पक्षमा हस्ताक्षर गरेको बताए । बाँकी २० जना सांसदहरु प्रधानमन्त्री जीको पक्षमा उभिनु भएको छ, सांसद यादवले भने । उनले जसको २० सांसदले ओलीको पक्षमा हस्ताक्षर दिएपनि देउवा गठबन्धनकै पक्षमा बहुमत जुटेको उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष