NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

संसद् विघटन गरिएपछि वर्षमान पुनले भने : शुक्रबार मध्यरातमा ज्ञानेन्द्र शैलीमा डकैती

काठमाडौं । माओवादी नेता वर्षमान पुन संविधान विघटन गरेर मध्यरातमा चुनाव घोषणा गर्नुलाई डकैतीको संज्ञा दिएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा र केपी ओलीको दाबीलाई अस्वीकार गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि निर्वाचनको बाटो खोलेपछि प्रधानमन्त्रीले संसद विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ मा निर्वाचन घोषणा गरेका थिए । नेता पुनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान च्यात्दै लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाएका हुन् । मध्यरातमा उनले २ वटा ट्वीट गरेका थिए । मध्यरातमा डकैती गरियो/ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे/— Barsha man Pun (@BarshamanPun1) May 21, 2021 नेपालीले आफ्नो संबिधान बनाएको मन नपराउने शक्तिको डिजाइनमा केपी ओली गोटी बने भने केपीको गोटी बिद्या भण्डारी/ संबिधान च्यातियो,लोकतन्त्रमाथि प्रहार भयो र जनभावना कुल्चिने काम भयो/ नगर्ने चुनावको घोषणा/ भनिन्छ,अति भए,खती हुन्छ/— Barsha man Pun (@BarshamanPun1) May 21, 2021

ताजा अपडेट

नेपालवाच विशेष