NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

गगन थापाको आक्रोश : अधर्म गर्न सक्ने खड्ग र विद्याको देशघाती जोडी यत्तिमै रोकिनेवाला छैन

काठमाडौं । संसद् विघटन, अपमान, विश्वासको मतको नाटक गर्दै अन्ततः ससद विघटन गरी महामारीमा चुनाव घोषणा गरिएपछि कांग्रेस युवा नेता गगन थापाले आपत्ति जनाएका छन् । सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अध्यारो सुरुङमा हालेको भन्दै महामारीमा अधर्म गर्ने देशघाती जोडी यत्तिमै नरोकिने पनि उनले बताएका छन् । ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए!सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’ थापाले भनेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष