NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कर्णाली पत्रकारलाई निःशुल्क परामर्श दिन दुई डाक्टर

सुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा.नवराज केसी र जनरल फिजिसियन डा. प्रदिप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र दुई चिकित्सकबीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनीहरुको परिवारलाई निःशुल्क परामर्श सेवा दिने सम्झौता भएको छ । कोरोना भाइरसबाट दिनप्रतिदिन पत्रकारहरु संक्रमित हुनथालेपछि संक्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो । डाक्टर केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र उनीहरुको परिवारको स्वास्थ्य अवस्था, उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी, आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा निःशुल्क परामर्श दिने गरी सम्झौता भएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार संक्रमित पत्रकार र उनीहरुको परिवारले दुई चिकित्सकलाई फोन गरि आफूलाई देखिएको समस्याका बारे जानकारी गराउन सक्नेछन् । चिकित्सकसँग प्रत्यक्ष भेट गर्नुपरेमा सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पिटलमा भेट्न सकिने व्यवस्था गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष