NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चुनावी तयारीबारे निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान तोकेको निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल थालेका छन् । कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगसँग छलफल थालिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग निर्वाचनको लागि आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा छलफल गर्दैछन् । बिहान ११ बजे शुरु भएको बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल समभागी छन् । त्यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरु बैठकमा सहभागी छन् ।

ताजा अपडेट

नेपालवाच विशेष