NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आगामी रणनीति तय गर्न विपक्षी गठबन्धन छलफलमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणापछि आवश्यक रणनीति तय गर्न विपक्षी गठवन्धनको बैठक सुरु भएको छ । नयाँ बानेश्ववरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा कांग्रेस, माआवादी तथा एमाले र जसपाका विभाजित समूहहरू सहभागी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा भाग लिन पुगेका छन् । यसैगरि, नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपालको बैठकमा उपस्थिति छ । जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई तथा कांग्रेस नेताहरू रामचन्द्र पौडेल र विमलेन्द्र निधि पनि बैठकस्थलमा आइसकेका छन् । गठबन्धनको बैठक पूर्व पाँच शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका थिए । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता नेपाल तथा जसपाका भट्टराई र यादवबीच अनौपचारिक कुराकानी भएको हो । आजको गठबन्धन बैठकले सरकारको निर्णयमाथि कानुनी प्रतिवाद गर्ने विषयमा छलफल गर्ने बताइएको छ ।शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले संसद विघटनको विरोधमा कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरिसकेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष