NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयो : झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको बताएका छन् । शनिबार खनालले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको बताएका हुन् । उनले यस्तो कदमलाई कदापी क्षमा गर्न नसकिने बताए । खनालले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई संविधान विरोधी, प्रतिगामी र तानाशाही कदम भएको टिप्पणी गरेका छन् । ‘यो संविधान विरोधी, प्रतिगामी र तानाशाही कदम हो,’ उनले लेखेका छन्, ‘यस कदमको म घोर भत्र्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’

ताजा अपडेट

नेपालवाच विशेष