NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

संसदीय व्यवस्था असफल भइसक्यो, जनमतसंग्रह भए सरकारमा जान्छौं : विप्लव

काठमाडौं । नेत्रविक्रम चन्दले नेपालमा संसदीय व्यवस्था असफल भइसकेको बताएका छन् । झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको उनले बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको उल्लेख गरेका छन् । उनले वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाटै हुने दावी पनि गरेका छन् । जनमतसंग्रहका लागि राजनीतिक राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार रहेको समेत उनले बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष