NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्धको संघर्षमा एक हुन माधव नेपालको आह्वान, संविधानमा तानाशाही बुट बजारेको आरोप

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानमाथि बुट बजारेको आरोप लगाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर दुईपटक सम्म संविधानसभाको निर्वाचनको गरी देशले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि तानाशाही बुट बजार्दैं धुजाधुजा पारेको नेपालले आरोप लगाएका छन् । उनले विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी र प्रधानमन्त्री शर्मा ओलीको विरुद्ध एकताबद्ध संघर्षका लागि आह्वान गरेका छन् । एमोको नवौं महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको रक्षार्थ सञ्चालित अभियानकर्ता समूहको तर्फबाट नेपालले शनिबर प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको विघटन प्रतिगमनकारी कार्य भएकाले यसका विरुद्ध एकताबद्ध हुन सबैमा आह्वान गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष