NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

ओलीविरुद्ध विपक्षी गठबन्धन राजनीतिक र कानुनी संघर्षमा उत्रिने

काठमाडौं । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सडक संघर्ष र कानुनी उपचारमा जाने निर्णय गरेको छ । बानेश्वरमा बसेको संयुक्त गठबन्धनको बैठकले ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक भएको निष्कर्ष निकाल्दै कानुनी लडाइँका साथै राजनीतिक लडाइँमा पनि जाने निर्णय गरेको छ । बैठकपछि बाहिर निस्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय भएको जानकारी दिए । उनले आवश्यक परेको खण्डमा सडक संघर्षमा समेत जान तयार भएको बताए । उनले भने, ‘यो घोषणा निर्वाचन सम्पन्न गराउनका लागि गरिएकै होइन । हामीलाई कत्ति पनि विश्वास छैन । किनकी संविधान सम्बत छैन । त्यसैले यसको कुनै अर्थ छैन ।’ निर्वाचनबाट भाग्न किन खोज्नु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले आफूहरु निर्वाचनलाई के गर्ने भन्नेबारेमा छलफल गर्ने बताए । उनले पुनः संसद् पुर्नस्थापना भएर ओलीको यो कदम पनि निष्तेज हुने दावी गरे । साथै सबै दलले आफ्ना काठमाडौं बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं बोलाएका छन् । उनीहरु सबै आएपछि सल्लाह गरेर संयुक्त राजनीतिक संघर्षमा जाने संयुक्त गठबन्धनले निर्णय गरेको छ । यता कानुनी उपाचारमा पनि जाने र सडक संघर्ष पनि जारी राख्ने आजको बैठकले रणनीति बनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष