NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिबाार बिहान आयोगका पदाधिकारीसँगका छलफलमा प्रधानमन्त्रीले घोाित मितिमै निर्वाचन सम्पन्न हुने भएकाले त्यसको तयारीमा लाग्न निर्देशन दिएका हुन् । आज बिहान बालुवाटारमा भएको उक्त भेटमा ओलीले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट पारे । छलफलमा निर्वाचन आयोगका पदाधिकारीले पनि निर्वाचनका लागि सरकारले तोकेको समय पर्याप्त रहेको बताएका छन् । छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने प्रतिक्रिया दिएका हुन् । निर्वाचन तयारीका लागि चार महिना आवश्यक भएको र अहिले तोकिएको मिति पर्याप्त भएको पदाधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति तोकेकी छन् । निर्वाचन सम्बन्धी ऐनमा निर्वाचनका लागि १२० कार्य दिन तोकिएको छ । निर्वाचनका लागि गर्नुपर्ने सबै तयारी सकिने भन्ने परिकल्पनाअनुसार १२० कार्य दिन तोकिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष