NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बादललाई असहयोग गरेको भन्दै अष्टलक्ष्मीसहित नेपाल समूहका १४ सांसदलाई स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशमा एमालेका उम्मेदवार रामबहादुर थापा(बादल)लाई सहयोग नगरेको भन्दै माधव कुमार नेपाल पक्षका १४ सांसदलाई स्पष्टीकरण सोधेको छ । एमाले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले वरिष्ठ नेता माधव नेपाल पक्षधर १४ सांसदलाई स्पष्टीकरण सोधेका हुन् । आज बसेको संसदीय बोर्डको बैठकले पार्टी विरोधी काम गरेको भन्दै स्पष्टीकरण सोधेको बागमती प्रदेशमा एमालेका प्रमुख सचेतक दीपक निरौलाले बताए । स्पष्टीकरण सोधिएका सांसदहरूमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरूङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली र लक्ष्मण लम्साल र पार्वती सिलवाल रहेका छन् । जेठ ६ गते भएको राष्ट्रियसभा निर्वाचनमा नेपाल पक्षीय जनप्रतिनिधिले स्वतन्त्र उम्मेदवारलाई मत दिएका थिए । पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन एमाले महासचिव ईश्वर पोखरेलले ह्वीप जारी गरेको भए पनि उनीहरूले मत दिएका थिएनन् । चित्तबुझ्दो जवाफ नआए कडा कारबाही गर्ने पनि चेतावनी दिइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष