NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आफ्नै सरकार ढाल्न अस्मिता बन्धक राख्न जाने एैंजेरु हुन् : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नै सरकार ढाल्नका लागि माधव नेपालहरुले अस्मिता बन्धक राख्न गएको बताए । नेकपा एमालेका नेता स्वर्गिय बुद्धिबहादुर रायमाझीको वार्षिकका आयोजित कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो आरोप लगाएका हुन् । उनले आफ्नै पार्टीको सरकार ढाल्न अरुसँग गएर अस्मिता बन्धक राख्नेहरु कम्युनिष्ट आन्दोलनका लागि एैंजेरु नै भएको बताए । ‘आफ्नै पार्टीको सरकार ढाल्न । सबै अस्मिता, अस्तित्व निष्ठा बन्धक राख्नुपर्ने देखियो । यो कम्युनिष्ट आन्दोलनका लागि एैंजेरु हुन् भन्ने मलाई लाग्छ’, उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष