NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोरोना अपडेट : आज कोरोनाबाट निको हुनेको संख्या अहिलेसम्मकै उच्च, ८,९८० संक्रमित थपिँदा, १२९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमितहरु निको हुने दर बढेको छ । आज कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या हालसम्मकै उच्च रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ८४८ संक्रमित निको भएका छन् । यस्तै, सोही अवधिमा देशभर ८ हजार ९८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । त्यस्तैगरि संक्रमणका कारण आज १ सय २९ जनाले ज्यान गुमाएका छन् । शनिबार देशभरका प्रयोग शालामा १९ हजार ३५७ जनाको पीसीआर र ७४८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यस्तै गत २४ घण्टामा थप १२९जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार १५३ पुगेको छ । आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० रहेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २१ लाख १३ हजार ८० ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख १४ हजार २५३ पुगेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष