NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

करेन्ट लागेर दुई जनाको मृत्यु

जनकपुरधाम । सप्तरी र सलार्हीमा करेन्ट लागेर एकैदिन दुई जनाको मृत्यु भएको छ । सप्तरीमा एक महिला र सर्लाहीमा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । टिभी चलाउने क्रममा सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया टोलका २४ वर्षीया अमृतादेवी यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएपछि उपचारको लागि युनिक अस्पताल रुपनी लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । यस्तै सर्लाहीमा आफ्नै घरमा बत्ति जोड्ने क्रममा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका १५ पिपराभित्ता सुकुम्वासी टोलका परिसर सहनीको १५ वर्षीय छोरा रामु सहनी मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष