NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रधानमन्त्री नियुक्त गर्ने विकल्प हुँदाहुँदै संसद् विघटन गरियो : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको विकल्प हुँदाहुँदै नियतवसः संसद् विघटन गरिएको बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले प्रधानमन्त्रीका लागि विपक्षी गठनब्न्धनबाट वस्तुगत आधार पेश भइसकेको अवस्थामा पनि संसद् विघटन गरिनु असंवैधानिक कदम भएको बताएका हुन् । उनले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणालाई असंवैधानिक भन्दै संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन् । कोभिडको यस्तो परिस्थितिमा निर्वाचन गराउँदा संक्रमणको जोखिम बढ्नुका साथै जनतमा आर्थिक व्यहभार पनि थपिने उनको भनाइ छ । उनले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पशे भइसकेको अवस्था प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै पनि प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि सैवैधानिक कदम मान्न नसकिने दाबी गरेका छन् । उनले संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि अहिलेको प्रतिगमनविरुद्ध सम्पूर्ण शक्तिहरु एक भएर संघर्षमा उत्रिन आह्वान पनि गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष