NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

निषेधाज्ञा कडाइका साथ लागु गर्न गृहसचिवको निर्देशन

काठमाडौं । निषेधाज्ञालाई कडा रुपमा कार्यान्वयनका लागि प्रस्तुत हुन गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले तीन वटै तहका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । न्यौपानेले मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश कुमार क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख जनकराज दाहाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेट्दै निषेधाषलाई थप कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । उनले नागरिकस्तरबाट लापरबाही बढेकाले भिडभाड र मानिसको अनावश्यक आवतजावतलाई नियन्त्रण गर्न न्यौपानेले निर्देशन दिएका छन् । सरकारले लागु गरेको निषेधाज्ञा पालना नगर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही समेत गर्न न्यौपानेले निर्देशन दिएका छन् । साथै, उनले सबै जिल्ला प्रमुखलाई परिपत्र जारी गर्दै निषेधाज्ञा पूर्ण रुपमा कडाइका साथ कार्यान्वयन गराउन निर्देशन दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष