NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्र ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको भन्दै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ । स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकार पक्षसँग मिलेर संयुक्त संघर्ष गर्ने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले प्रतिनिधिसभा विघटन र कोरोना कहरमा गरिएको चुनाव घोषणा असंवैधानिक र निरंकुश भएको ठहर गरेको छ । गत पुस ५ गतेजस्तै प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गरेको र नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै पनि राष्ट्रपतिले त्यसलाई ध्यान दिन नसकेको आरोप माओवादी केन्द्रले लगाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष