NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

काठमाडौं उपत्यकामा फेरि एक साता लम्बियो निषेधाज्ञा, एक साताका लागि खाद्यान्न जोहो गर्न अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले कोभिड नियन्त्रणमा आउने छाँट अझै नदेखिएको भन्दै एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी पसल एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ । काठमाडौं जिल्लाका प्रजिअ पराजुलीले एक साताका लागि उपत्यकावासीले खाद्यान्ह जोहो गरिसकेको हुनसक्ने र नगरेकालाई अझै दुई दिन दिइएको बताए । अबको निषेधाज्ञामा पनि तरकारी पसलसमेत खोल्न नपाइने उनले बताए । उनले भने, ‘खाद्यन्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौं । त्यसैले कडाइका साथ सबै अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल सबै बन्द हुनेछन् ।’ प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल र तरकारी पसल सबै बन्द गरेर छिट्टै काठमाडौं उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको जानकारी दिए । यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ । काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदैछ । निषेधाज्ञाको समयमा पनि मानिसको आवतजावत र भिडभाड कम नभएको भन्दै अब थपिएको एक साताको निषेधाज्ञा भने थप कडाइ गरिने तीन वटै प्रमुख जिल्ला अधिकारीको निर्णय रहेको छ । हाल देशभर औसतमा दैनिक ८ हजार बढी संक्रमित थपिने गरेका छन् । काठमाडौं उपत्यकामा मात्रै दैनिक दुई हजार पाँचसय संक्रमित थपिँदै आएका छन् । नेपाल सरकारद्धारा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी अध्यादेश जारी भएको छ । अध्यादेश बमोजिम संक्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गरिने छ । पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि निषेधाज्ञाको खुकुलो भएकै कारण निषेधाज्ञामा पनि संक्रमण नरोकिएको भन्दै सूचना जारी गरेको थियो । अहिले बिहान ७ देखि १० बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न र किनबेच गर्न दिइएको छ । अनुगमन र कारबाहीको दायरालाई पनि बढाइने भएको छ । याे पनि पढ्नुस् १४ जेठदेखि काठमाडौंं यसरी हुँदैछ ठप्प, के खुल्छन् के खुल्दैनन् ?