NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

१४ जेठदेखि काठमाडौंं यसरी हुँदैछ ठप्प, के खुल्छन् के खुल्दैनन् ?

काठमाडौं । १४ जेठदेखि काठमाडौं उपत्यका पूरै ठप्प हुने भएको छ । यस अघि खुल्दै आएका खाद्यान्न पसल, डिपार्टमेन्टल, स्टोर, बैंक तथा वित्तीय संस्था र अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द हुने भएका छन् । काठमाडाैं, भक्तपुर र ललितपुरका सिडिओको बैठकले काठमाडौंमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।यस अघि बिहान १० बजेसम्म खाद्यान्नका पसल खोल्न पाइने व्यवस्था थियो । तर, अब भने १४ जेठदेखि २१ जेठसम्म खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी) खोल्न नपाइने भएको हो । तर तरकारी, फलफुल, दुधडेरी, मासु, खानेपानी, ग्यासपसलहरु बिहान ९ बजेसम्म मात्र खुल्न पाउनेछन् । तरकारी तथा फलफुलको थोकबजारमा फुटकर बिक्री वितरण गर्न पाइने छैन । तोकिएको तरकारी बजारबाहेक अन्य सार्वजनिक स्थल र बाटोमा तरकारी तथा फलफूल बेच्न पाइने छैन । बैंकतर्फ काठमाडौंमा प्रधान कार्यालय र तीनवटा शाखा खोल्न पाइने छ । विकास बैंकमा प्रधान कार्यालय र २ वटा शाखामात्र खोल्न पाइने छ ।विवाह गर्नेलाई एउटा गाडीमा ७ जनासम्मको यात्रा अनुमति दिइएको छ । विदेश जाने आउनेले पासपोर्ट र टिकटको आधारमा सवारी साधनको प्रयोग गर्न पाउनेछन् । संचारकर्मीलाई सूचना विभागको पास अनिवार्य गरिएको छ । सूचना विभागको पास नभएकाले सम्बन्धित संचारमाध्यमको सिफारिसपछि सिडियो कार्यालयबाट पास लिनुपर्नेछ । याे पनि पढ्नुस् काठमाडौं उपत्यकामा फेरि एक साता लम्बियो निषेधाज्ञा, एक साताका लागि खाद्यान्न जोहो गर्न अनुरोध