NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

स्थायी कमिटी बैठकको निर्णयलाई काउन्टर : तत्काल सुदूरपश्चिममा एमालेले सरकारबाट समर्थन फिर्ता नलिने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकको निर्णयलाई काउन्टर दिँदै सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, आज बसेको प्रदेश संसदीय दलको बैठकले तत्काल प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णंय गरेको छ । केन्द्रमा सुदूरपश्चिम सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेपछि बुधबार बिहान एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बसेको थियो । सोही बैठकले तत्काललाई सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको हो । उनले समर्थन फिर्ता लिए पनि तुरुन्तै नयाँ सरकार गठन गर्न कठिन हुने भएपछि यस्तो निर्णय गरेको सासंद पूर्णा जोशीले बताइन् । बैठकले कोरोना महामारीसँग जुझ्न सरकारलाई सघाउने निर्णय पनि गरेको छ । बुधबार बसेको बैठकमा २१ जना सासंद सहभागी थिए । सभामुखबाहेक अरु तीन जना सांसद बैठकमा उपस्थित थिएनन् । धनगढीभन्दा बाहिर रहेकोले बैठकमा ओली पक्षका रतन थापा, गेल्बु सिह बोहरा र लीलाधर भट्ट सहभागी भएका थिएनन् । ओली पक्षका तीन जना सांसदको पनि आजको बैठकमा सहभागिता थियो । यस्तो छ अंकगणित प्रदेश सभामा एमालेका २५ जना सांसद छन् । सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । एमालेले सरकार बनाउन चाहेमा सभामुखबाहेक तीन मत कम हुन्छ । जसपाले समर्थन गर्नेमा एमाले सुदूरपश्चिम ढुक्क छ । यदि त्यसो भएमा कांग्रेस माओवादी गठबन्धनको २५ र एमाले जसपा गठबन्धनको २६ मत हुन आउँछ । प्रदेश सभामा कांग्रेसका १२ र माओवादी केन्द्रका १३ सांसद छन् । सुरूमा १४ सांसद रहेको माओवादीमा झपट बोहरा एमालेमा गएपछि पदमुक्त भएका छन् ।