NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

छत्रपाटी निःशुल्क कोभिड अस्पताल सञ्चालन

काठमाडौं । बुधबारदेखि काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । काठमाडौँ महानगरको सहयोगमा बुधबारदेखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गरेका छन् । कोभिड अस्पताल सञ्चालनका गर्न महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार ७ सय ३५ रुपैयाँ र मासिक सञ्चालन खर्चवापत् करिब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ उपलब्ध गराउने भएको छ । चिकित्सालयलाई विशेष कोभिड अस्पताल बनाउने बारेमा महानगर र चिकित्सालयबीच गत बैशाख ३१ गते सम्झौता भएको थियो । महानगरले सहयोग स्वरुप प्राप्त भएका २ वटा भेन्टिलेटर उपलब्ध गराएको छ भने ३ वटा भेन्टिलेटरको रकम भुक्तानी गर्नेछ । अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसियु, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयुसहित ३५ वेडको कोभिड अस्पताल सञ्चालन भएको हो । उहाँले अस्पताले निशुल्क उपचार सेवा प्रदान गर्ने पनि उहाँले जानकारी दिए । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको शुभारम्भ गर्दै अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका बिरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताए । उनले महामारीमा नागरिकको जीवन रक्षाका लागि आवश्यक पर्ने सबै खालका कामलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गरे । महानगरले विभिन्न १२ वटा अस्पतालहरुसँग स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक सहयोग गर्ने सम्झौता गरे अनुसार यो सहयोग उपलब्ध गराइएको हो । महानगरको सहयोगमा राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पताललगायत विभिन्न अस्पतालमा भौतिक सुधारको क्षेत्रमा काम भइरहेको छ । https://youtu.be/sg5SeqLRJIw