NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

टेलिफोन वार्तालगत्तै चिनियाँ राष्ट्रपतिद्वारा १० लाख डोज खोप दिने घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच खोपबारे टेलिफोन वार्ता भएको छ । वार्तालगत्तै चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप लिने घोषणा गरेका छन् । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ । यसअघि बुधबार नै राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दसँग पनि खोप उपलब्ध गराइदिन पत्राचार गरेकी छन् ।