NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आफूलाई विधिभन्दा माथि राख्ने प्रवृतिले संविधान सङ्कटमा : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले सबै मिलेर आधुनिक नेपाल निर्माणको गौरव र एकता कायम राख्नु पर्ने बताएका छन्। बुद्धजयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले आफूलाई विधिभन्दा माथि राख्ने प्रवृतिले संविधान, लोकतन्त्र सङ्कटमा परेको बताएका छन् । शान्तिका अग्रदूत बुद्धको शरणमा सम्राट अशोकले शान्ति, सौर्य प्राप्त गरेको दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, – ‘कलिंगको युद्धबाट अशोकको मन परिवर्तन भए झैं बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा अहम, आग्रह त्याग्ने, सबै नेपाली मिलेर आधुनिक नेपाल निर्माणको गौरव, एकता कायम गर्ने ज्ञान प्राप्त होस् ।’