NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

टाउको रेटिएको १८ महिनासम्म बाँचेको कुखुराको कथा

कुखुराको घाँटी काटेपछि केही बेर छट्पटाएको त पक्कै देख्नुभएको होला । तर, घाँटी रेटिएको कुखुरा १८ महिनासम्म पनि बाँचेको कतै सुन्नुभएको छ ? पक्कै पनि सुन्नुभएको छैन । यहाँ त्यस्तो कुखुराको कथा छ, जुन कुखुरा घाँटी काटेको १८ महिनासम्म जिवित रह्यो । सन् १९४५/१९७४ ताका यो कुरा खुब चर्चित भयो । त्यही चर्चाकै कारण उक्त कुखुराको सम्झनामा भिन्नै वेबसाइट नै बनाइएको छ । जसमा हरेक वर्ष उक्त आश्चार्यजनक कुखुरालाई जुनको पहिलो हप्ता धेरैले सम्झिन्छन् । घाँटी काटिएपछि माइक सन् १९४५ सेप्टेम्बर १० का दिन कोलोराडोस्थित फ्रुटियाका किसान लोयड ओल्सनको घरमा सासुआमा आइन् । पाहुना लाग्न आएकी सासुलाई उनले आफ्नै फार्ममा भएको कुखुरा काटेर खुवाउने विचार गरे । फार्ममा गएर कुखुुरालाई छान्दा उनले माइक (ओल्सनले राखिदिएको नाम) लाई छाने । श्रीमती क्लारा ओल्सनले चुल्होमा भाँडा बसाल्ने तयारी गर्दै गर्दा लोयडले माइकलाई मार हाने । एक अनुभवी किसान भएको नाताले लोयडले धेरैवटा कुखुरा मार हानेका छन् । किसानले कुखुराको घाँटी रेटे । त्यसपछि केही बेरसम्म माइक नामको त्यो कुखुरा छट्पटायो । र केहीबेरपछि त्यो कुखुरा आफूलाई केही नभएजसरी हिँड्न थाल्यो । त्यो पनि आधा रेटिएको मुन्टो हल्लाउँदै । टाउको अझैं पहिलाजस्तै अवस्थामा छ भन्ने भावका साथ यताउता हिँडेको माइकलाई (कुखुरा) देखेर ओल्सन परिवार चकित भयो । दिउँसो भरि उनीहरूले माइक डुलेको हेरे । घाँटी रेटिएको भोलिपल्ट माइकले मकै खान खोज्यो । टाउको नै नभएको कुखुराले मकै खान खोजेको देखेपछि लोयडले माइकलाई त्यसरी नै बाँच्न दिने निर्णय गरे । फोटोमा देखिएजस्तै लोयडले मार हान्दा माइकको अनुहारपट्टिको भागमात्रै काट्न सफल भए तर ‘जगुलर भेन’ नाम गरेको नशा लाई भने काट्न छुटाए । टाउको नभएकाले माइकले आफैं खान त सक्दैनथ्यो । त्यसैले किसानहरुले माइकको घाँटीबाट मकै र पानी ट्युबमार्फत छिराइदिन्थे ।यसरी खान दिएपछि माइकको वजन दुई पाउन्डले बढ्यो । एक कान दुई कान मैदान हुँदै सबैलाई माइकको बारेमा थाहा भएपछि गिनिज वल्र्ड रेकर्डका केही अधिकारी पनि माइकलाई भेट्न पुगे । त्यसपछि त यसले झनै चर्चा पायो । कोलोराडोका अधिकांश मानिसहरू लोयडको सानो फार्ममा माइकलाई हेर्न भनेर आउन थाले । त्यसपछि त माइकले आफ्नै म्यानेजर पनि पायो । जसको साथमा उसले अमेरिकाका मुख्य शहरहरुमा भ्रमणमा जान थाल्यो । ती म्यानेजरले माइकलाई लिएर अन्य शहरमा जान्थे र त्यहाँ कार्यक्रमको आयोजना गर्थे । उक्त कार्यक्रममा माइकलाई हेर्न आउनेले २५ सेन्टको टिकेट काट्नुपथ्र्यो । लोयडले ती म्यानेजरसँग त्यतिबेला दश हजार अमेरिकी डलर (अहिलेको मूल्यमा १ लाख ४७ हजार डलर) को सम्झौता गरेका थिए । हरेक महिना ४ हजार डलर तिर्ने शर्तमा । चर्चा धेरै भएपछि वैज्ञानिकहरूले पनि माइकको अवस्थाको बारेमा अध्ययन गरे । तर यसलाई कुुनै नौलो विषय या जादुको रुपमा भने उनीहरुले लिएनन् । किनभने लोयडले काट्नेबेलामा माइकको घाँटी भने राम्ररी काट्न सकेका थिएनन् । जसकारण माइक पहिलाकै जसरी हिँडडुल गर्न सफल भयो । त्यसरी टाउको रेटिएको १८ महिनापछि शहर भ्रमणकै क्रममा एक रात माइकले अन्तिम सास लियो ।