NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रहरीको रासन भत्ता बढ्यो

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि थप हातहतियारको व्यवस्था गर्न बजेट विनियोजन गरिएको छ । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाई आएको रासनमा भत्तामा १५ प्रतिशत वृद्धि गरिएको छ । सीमामा सशस्त्र प्रहरीको १२० बोर्डर आउट पोष्ट पनि निर्माण गरिने भएको छ ।