NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अर्थमन्त्रीले भने, ‘सुनाउनका लागि बजेट आएकाे हाेइन, पूर्ण कार्यान्वयनमा जान्छ’

काठमाडौं । यसपाली सरकारले ल्याएको बजेट पूर्ण कार्यान्वयनमा जाने दावी गरेका छन् । शनिबार घोषणा भएको आगामी आर्थिक वर्षको बजेटबारे धेरै टिकाटिप्पणी आएको भन्दै मन्त्री पौडेलले बजेट संकट समाधानउन्मुख भएको र कार्यान्वयन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् । अर्थमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री पौडेलले बजेट संविधान अनुसार नै पूर्ण आकारको आएको बताए । ‘कतिपयले अल्पमतको सरकारले पूर्ण बजेट ल्याउन नपाउने टिप्पणी पनि गर्नु भएको छ । तर, संविधानले जेठ १५ मा अनिवार्य बजेट आउनुपर्ने र त्यो पनि पूर्ण भनेर बाध्यकारी गरेको छ,’ उनले भने, ‘फेरि यस्तो कोरोना महामारीका बेला पूर्ण बजेट नल्याई संकट समाधान गर्न सकिँदैन ।’ उनले बजेट सुनाउनका लागि मात्रै नआएको भन्दै कार्यान्वयनको पाटोलाई पनि प्रभावकारी बनाउँदै तोकिएका लक्ष्य प्राप्तिमा सरकार प्रतिबद्ध रहेको जानकारी दिए । उनले भने, ‘धेरैले यो बजेटको कार्यान्वयनमा आशंका व्यक्त गर्नुभएको छ । म भन्न चाहन्छु कि यो बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि हो । कार्यान्वयन गरेर देखाउँछौं ।’ उनले कोभिड महामारीले सबैतिर आक्रान्त भएकाले सरकारले पनि त्यसतर्फ ध्यान दिँदै खोप, स्वास्थ्य समस्या समाधान उन्मुख बजेट आएको बताए । उनले भने, ‘यस्तो संकटको घडीमा बजेट आवश्यक हो । राष्ट्र र जनताका समस्यालाई हेर्ने हो भने कामचलाउ बजेट उपयुक्त हुँदैन । यो बजेट हामीले कार्यान्वयन गरेर देखाउँछौं । त्यो संकल्पका साथ बजेट आएको छ ।’

ताजा अपडेट

नेपालवाच विशेष