NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बेलायतका प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् । उनिहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ । उनिहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका थिए । वैवाहिक कार्यक्रममा ३० जना सहभागी रहेको बताइएको छ । बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो । उनिहरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो । प्रधानमन्त्री जोन्सन अहिले ५६ वर्षको भए भने उनकी श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो ।

ताजा अपडेट

नेपालवाच विशेष