NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

काेराेना अपडेट : ६ हजार संक्रमित डिस्चार्ज, १०९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या निको हुनेभन्दा झण्डै आधामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा चार हजार तीन सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १० हजार ९८६ पीसीआर परीक्षणमा तीन हजार सात सय दुई जना र एक हजार सातसय ८५ एन्टीजेन परीक्षणमा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको संख्याभन्दा दुई हजार बढी ६ हजार दुई सय ५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १०९ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष