NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

घट्दै कोरोना संक्रमण, संक्रमितभन्दा निको हुने दोब्बर पुगे

काठमाडौं । वैशाखको दोस्रो हप्तादेखि बढ्दै गएर मसान्तसम्म उच्च बिन्दुमा पुगेको कोरोना भाइरसको संक्रमण जेठको दोस्रो हप्तासम्म आइपुग्दा निरन्तर घटिरहेको छ । यस अघि परीक्षण गरिएमामा ५० प्रतिशत बढीसम्मलाई संक्रमण देखिएको थियो । तर, निषेधाज्ञा गरिएको एक महिनासम्म आइपुग्दा भने परीक्षण गराउनेमध्ये संक्रमण दर ३० प्रतिशत हाराहारीमा आएको छ ।पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको छ । । २४ घण्टामा संक्रमितभन्दा दोब्बर बढी कोरोनाबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोनाबाट मुक्त भए । यो संख्या झण्डै दोब्बर हो । नेपालमा अहिलेसम्म ५ लाख ५३ हजार चार सय २२ कोरोनाका केस देखिएका छन् । जसमध्ये चारलाख ३४ हजार ६५० जना कोरोनाबाट मुक्त भएका छन् । जसमा ७ हजार एक सय ६३ जनाको मृत्यु भएको छ । अस्पतालमा चाप कम हुँदै वैशाखको दोस्रो हप्तासम्म संक्रमणदर अत्याधिक हुँदा अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटर पाउनै मुस्किल थियो । तर, जेठ लागेयता भने विस्तारै संक्रमणदर घट्दै गउको छ । यसले अस्पतालमा बिरामीको चापलाई कम गराएको छ । बिरामीको संख्या कम हुँदै गएपछि अक्सिजन र बेड पाउन पनि केही सहज हुँदै गएको छ । तर, जोखिम पनि अझै कम नभइसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । काठमाडौंमा अवस्था केही सहज भए पनि बाहिर भने अहिले पनि अक्सिजनको व्यवस्था पर्याप्त हुन सकेको छैन । दुई दिन अघि मात्रै पोखरामा अक्सिजनको अभावमा सुत्केरी, मृर्गौलाका बिरामीसहितका कोरोना संक्रमितको ज्यान गएको थियो । पछिल्लो समयमा अक्सिजनसहितका स्वास्थ्य सामग्रीको व्यवस्थामा सरकारले तदारुकता देखाउने र अन्तर्राष्ट्रिय सहयोग पनि जुट्नै जान थालेपछि अवस्थामा केही सुधार आएको हो । तर, काठमाडौंमा १४ जेठदेखि निषेधाज्ञामा झन् कडाई गरेको छ । संक्रमण घट्दै जाँदा कडाइ गर्दा जोखिम अझै कम हुने र अवस्थामा सुधार आउने भएकोले कडाइ गरिएको ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष