NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोरोनाले त्रिविका २ सहप्राध्यापकसहित २३ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कार्यरत्त २ जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको मृत्यु भएको छ। विश्वविद्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै हालसम्म कोरोना संक्रमणका कारण विश्वविद्यालयसँग आवद्ध २३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा २ जना सहप्राध्यापकसहित ५ जना उपप्राध्यापक पनि रहेका छन् । त्यस्तै २ जना शिक्षण साहयक, २ जना आंशिक शिक्षक, १ जना महाशाखा प्रमुख, १ जना उपप्रशासक, ५ जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगीको पनि कोरोनाबाट मृत्यु भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष