NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोरोनाबाट पत्रकार गौतमको निधन

काठमाडौं । कोरोनाबाट पत्रकार रविन्द्र गौतमको निधन भएको छ । ३८ वर्षीय गौतमको उपचारका क्रममा बानेश्वरस्थित एभरेष्ट अपस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमणले अवस्था गाह्रो भएपछि उनलाई केही दिन अघि एयर लिफ्ट गरी दोलखाबाट काठमाडौं ल्याइएको थियो । गौतम अन्नपूर्ण पोष्ट दोलखाका संवाददाता हुन् । साथै नेपाल पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्य र नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष पनि हुन् । उनलाई संक्रमण पुष्टिपछि जेठ ९ गते चरिकोट अस्पतालबाट काठमाडौं ल्याइएको थियो । गौतमका मा, श्रीमती, ९ र ६ महिनाकी दुई छोरी छन् ।

ताजा अपडेट

नेपालवाच विशेष