NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बजेटमा योगेशको टिप्पणी : जनमुखी तर खर्च गर्ने चुनौती छ

काठमाडौं । एमाले नेता योगेश भट्टराईले सरकारले ल्याएको बजेट जनमुखी भएको बताएका छन् । सामाजिक संजालमा लेख्दै भट्टराईले आर्थिक वर्षको बजेट जनमुखी भए पनि पूँजीगत खर्च गर्नुपर्नेमा भने चुनौती रहेको बताएका हुन् । ‘अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८र ७९ को बजेट मुलतः जनमुखी छ । हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पूँजीगत खर्च कम हुने, राजनीतिक र प्रशासनिक नेतृत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामू पनि विद्यमान छन् । यी चुनैतीमाथि विजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस् ।’ उनले भनेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष