NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भारतमा तिव्र गतिमा घट्दै कोरोना संक्रमण, तीन सातामै ५० प्रतिशत घट्याे

काठमाडौं । भारतमा पहिलो लहर भन्दा दोस्रो लहरको कोरोना आक्रामक रुपपमा फैलियो । तर, जुन रफ्तारमा कोरोना भाइरस फैलिएको थियो, त्यही रफ्तारमा कमी हुँदै गएको छ । दैनिक पुष्टि हुने दर हेर्दा विगत सात दिनयता करिब ५० प्रतिशतले संक्रमणमा कमी आएको छ । दोस्रो लहर उच्च बिन्दुमा पुगेको तीन सातामै कोरोनाको दैनिक संक्रमण दर ५० प्रतिशतभन्दा कम देखिन थालेको छ । सात दिनको औषत तथ्यांक अनुसार ८ मे मा तीन लाख ९१ हजार २ सय ६३ जना संक्रमित फेला परेका थिए । यस तथ्यांकमा अहिले ५० प्रतिशतसम्म कमी आएको छ । अर्थात हिजोको तथ्यांकमा एक लाख ९५ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो लहरको कुरा गर्दा गत वर्षको १७ डिसेम्बरमा ९३ हजार सातसय ३६ जनामा संक्रमण पुष्टि भएको थियो । यो पहिलो लहरमा भारतमा दैनिक देखिएको सबैभन्दा उच्च संक्रमण हो । यो तथ्यांक आधा हुनमा करिब ६ हप्ता लागेको थियो । ३० अक्टुबरमा ५० प्रतिशत कमी आएसँगै संक्रमितको तथ्यांक ४६ हजार ३ सय ८० पुगेको थियो । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा एक लाख ६५ हजार १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो तथ्यांक विगत ४७ दिनयताकै सबैभन्दा कम हो । यसअघि १२ अप्रिलमा एक लाख ६० हजार ८ सय ५४ संक्रमित फेला परेका थिए । साथै गत २४ घण्टाको अवधिमा तीन हजार चारसय ६३ जनाको मृत्यु भएको छ । साथै दुई लाख ६४ हजार ३४२ जना कोरोना मुक्त भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष