मर्स्याङ्दीमा ६९ मेगावाट विद्युत् उत्पादन
तनहुँ । जिल्लाको आँबुखैरेनी–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ । गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो । सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इलोट्रिकल्स सुपरभाइजर शिवराम शर्माले जानकारी दिए । उनका अनुसार केन्द्रले तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको छ । लामो समय खडेरी हुँदा विद्युत् उत्पादन घटे पनि हालको वर्षाका कारण विद्युत् उत्पादनमा वृद्वि भएको केन्द्रले जनाएको छ । विद्युत् उत्पादन बढेपछि नेपाल विद्युत् प्राधिकरणको मागबमोजिम आपूर्तिमा सहयोग पुगेको छ । सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नु पर्ने वाध्यता रहेको छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
ताजा अपडेट
-
नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
प्रतिक्रिया