NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कांग्रेसले दियो सदस्यता ‘इन्ट्री’का लागि थप समय

काठमाडौं । कांग्रेसले देशभरका क्रियाशील सदस्यताको विवरण संकलन गर्न जेठ २५ सम्मको समय दिएको छ । क्रियाशील सदस्यता छानविन समितिले केही १०६ क्षेत्रको सदस्यता इन्ट्री बाँकी रहेको भन्दै थप समय दिएको हो । ‘देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भैरहेको २०७ स्थान मध्ये उपरोक्त १०१ स्थान बाहेक बाँकी १०६ स्थानमा बाँकी रहेका नामावली इन्ट्री गर्नका लागि २०७८ जेठ २५ गते राति १२ बजे सम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘सम्बन्धित प्रतिनिधि सभा क्षेत्रले नयाँ तर्फको र जिल्लाले नवीकरण तर्फको सम्पूर्ण नामावली तोकिएको मितिभित्र केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा इन्ट्री गर्नु हुन र कुनै त्रुटि भएको भए सच्याउनु हुन जानकारी गराइन्छ ।’ समितिको बैठकको निर्णय अनुसार गत वैशाख ३० गते, २०७८ मा ४५ जिल्लाका ८० स्थान र हिजो जेठ १५ गते १६ जिल्लाका २१ स्थान समेत गरी कूल १०१ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको आधिकारिक वेवसाइटमा सार्वजनिक भइसकेकाे छ । यसमा कुनै त्रुटी भएमा सच्याउनका लागि नयाँ तर्फको नामावलीका सम्बन्धमा क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र नवीकरण तर्फको नामावलीका सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रमा तोकिएको समयभित्र लेखी पठाउनका लागि जानकारी गराइएको पार्टीले जनाएकाे छ । साथै, उक्त १०१ स्थानका लागि नामावली इन्ट्री गर्ने सफट्वेयर बन्द गरिएको पनि जानकारी समितिकाे छ । केन्द्रबाट क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरिएका १०१ स्थानले तत्कालै र बाँकी १०६ स्थानले पनि यथाशीघ्र छिटो क्रियाशील सदस्यताका लागि गरेको प्रस्ताव, सिफारिश र निर्णय सम्बन्धित वडा कार्यसमिति, पालिका कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिको बैठकको निर्णय प्रतिलिपी, क्रियाशील सदस्यताको इन्ट्री गरेको नामावलीको प्रमाणित (नयाँको क्षेत्रले र नवीकरणको जिल्लाले प्रमाणित गरेको) सूची, सदस्यता शुल्कसहितको विवरण केन्द्रमा पठाउन पनि भनिएको छ । साथै, सहयोग रकम लगायतका आवश्यक कागजात विवरण क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता सम्बन्धी केन्द्रबाट पठाइएको परिपत्र बमोजिमको सम्पूर्ण प्रक्रिया पु¥याई उल्लेखित सम्पूर्ण कागजात विवरणहरु तत्काल केन्द्रमा पठाउन निर्देशन दिइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष